प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

       कैलाली:-   मिति २०८१।१०।२९ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३६ की सुर्जा नाथलाई ३ ग्राम ९१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

     यसैगरी,   मिति २०८१।१०।२९ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाँडीबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ९ बस्ने बर्ष ३३ को भरत नाथलाई १ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       कञ्चनपुर:-   मिति २०८१।१०।२९ गते २०:३० बजेको समयमा लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ राजघाटबाट सोही ठाउँ डेरा गरि बस्ने जिल्ला डडेल्धुरा, आलिताल गा.पा. ७ घर भएको बर्ष ३० को दल बहादुर बोहरालाई ४६ मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र  इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       यसैगरी,   मिति २०८१।१०।२९ गते २०:३० बजेको समयमा लागू औषध कारोबार गरिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भासी स्थित ऐ. ६ वस्ने बर्ष ४२ की शरस्वती कुमारी बिष्टले संचालन गरेको पुर्णागिरी होटेलमा खानतलासी गर्दा निजको छोरा बर्ष २४ को प्रकाश सिंह धामी, जिल्ला दार्चुला, शैल्यशिखर न.पा.०९ बस्ने बर्ष ३० को शुशिल बिष्ट र ऐ. मालीकार्जुन गा.पा.०८ बस्ने बर्ष ३२ को गोबिन्द धामी समेत ४ (चार) जनालाई ५.२३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।