प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा ९ जना पक्राउ

२०८१-११-०२

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।११।०१ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ स्थित जिल्ला डडेल्धुरा, आलिताल गा.पा.३ बस्ने बर्ष २८ की पुजा खड्काले सञ्चालन गरेको होटल सोल्टिमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक पुजा खड्का, ऐ. आलिताल गा.पा. ७ बस्ने बर्ष ४० को गणेश थापा, ऐ. अजयमेरु गा.पा. ३ बस्ने बर्ष ३७ को ईश्वर पाण्डे,  जिल्ला बैतडी, सिगास गा.पा. ३ बस्ने बर्ष २५ की हिमा धामी, ऐ. पुर्चौडी न.पा. ८ बस्ने बर्ष ५५ को कालु सिंह धामी, ऐ. पाटन न.पा. ४ बस्ने बर्ष ४१ को सुरेन्द्र ऐर, जिल्ला कैलाली, गौरीगंगा न.पा.९ बस्ने बर्ष ४१ को लक्ष्मण खड्का, जिल्ला बझाङ, थलारा गा.पा.३ बस्ने बर्ष ३० को मिन बहादुर भण्डारी र ऐ. दुर्गाथली गा.पा.८ बस्ने बर्ष ४३ को सुरज दौल्याल सहित ९ (नौ) जनालाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.१,९७,६७२।- र २ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।