प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-०८

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।११।०७ गते १८:१५ बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट सु.प.प्र.०१-००९ प ५७७४  नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकलको टंङकी लकको ढकन भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा  ७६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी मोटरसाइकल चालक ऐ.१ ब्लक नं. १५ बस्ने बर्ष २१ को जगत बहादुर भण्डारी र मोटरसाइकल पछाडी सवार ऐ. २ बस्ने बर्ष २० को शेखर सुनारलाई समेत दुवै जनालाई उक्त पदार्थ र मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

      यसैगरी,   मिति २०८१।११।०७ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्धचोक नजिकबाट सोही ठाउँ बस्ने बर्ष २९ को बसन्त खत्रीलाई १० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

     कञ्चनपुर:-  मिति २०८१।११।०७ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजारबाट जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ बस्ने बर्ष ३२ को केशब बहादुर बिष्टलाई २ ग्राम ५३० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र ७१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान  भईरहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।