प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-१३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।११।१२ गते १६:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ७ जोखरताल बस्ने एक किसोरलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम १६० मिलिग्राम लागू औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

   यसैगरी मिति २०८१।११।१२ गते २०:३५ बजे धनगढी उपमहानगरपालिका वडा नं. ३ चौराह स्थित धनगगढी उपमहानगरपालिका १३ बस्ने बर्ष २४ को रुस्तम रानाले चलाएको सु.प.प्र.०१०१२ प २०६२ नं.को मोटरसाईकललाई चेकजाँज गर्दा मोटरसाईकलमा सवार किसोरीको साथबाट १ ग्राम १०० मिलिग्राम लागू औषध जस्तो देखिने खैरो धुलो फेला पारी अस्थाइ प्रहरी पोष्ट विशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कञ्चनपुर:- मिति २०८१।११।१२ गते १८:३० बजेको समयमा भिमदत्त नगरपालिका वडा नं. ११ को ७ नम्बर पिल्लर स्थित जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ७ बस्ने बर्ष २२ को उमेश खड्का र भिमदत्त न.पा. १ बस्ने बर्ष २८ को मनोज कुँवरलाई भरतबाट नेपाल आउने क्रममा शंका लागि चेकजाँ गर्दा उमेश खड्काको साथबाट  ०.४६ ग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी मिति २०८१।११।१२ गते १९:०० बजेको समयमा औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय त्रिभुवस्ति कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१ गणेश बस्ती स्थित सोही ठाँउ बस्ने बर्ष २२ को शुरेश रानाको घरको कोठामा शंका लागि रितपुर्वक खानतलासी गर्दा ९ ग्राम ६३० मिलिग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।