प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।११।१३ गते १९:४० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ राम जानकी मन्दिर नजिकबाट २६० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ४३ को हर्क खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कञ्चनपुर:- मिति २०८१।११।१३ गते १९:३० बजेको समयमा जिल्ला कञ्नचपुर पुनर्वास न.पा. ५ उद्रिचोकबाट ३ ग्राम ५३० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित पुनर्वास न.पा. ७ बस्ने बर्ष २३ को सागर राना र बर्ष २८ को राम लक्ष्मण रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।