प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अखेटोपहार सहित मानिस पक्राउ

२०८१-११-१७

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:- मिति २०८१।११।१६ गते अ. १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा. ७ सिमपुर स्थित प्रमोद डगौराको घरमा अवैध बन्यजन्तु अखेटोपहार रहेको छ भन्ने गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरको संयुक्त टोलीले निज प्रमोद डगौराको घरमा खानतलासी गर्दा चितुवाको जस्तो देखिने सानो, ठुलो छाला थान-४, जरायोको जस्तो देखिने सानो, ठूलो सिंङ थान-४, बदेलको जस्तो देखिने बङ्गारा थान-२, बन्यजन्तुको जस्तो देखिने सानो खुट्टा थान-३, बन्यजन्तुको जस्तो देखिने सानो बङ्गाराको टुक्राहरु थान-३, फलामको चेन बाधेर बनाईएको फलामको पासो थान-३, प्लास्टिकको डोरीले पासो थाप्न बनाईएको जाली थान-७ सहित निज प्रमोद डगौराको श्रीमती बर्ष ४० की शान्ती चौधरीलाई पक्राउ गरी अनुसन्धान भईरहेको र प्रमोद डगौराको खोज तलास भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।