प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।११।२२ गते १६:५० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड बजारबाट ऐ.बर्दगोरिया गा.पा.१ बौनियाँ बस्ने बर्ष २५ को रिजन बुढालाई ३०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

    कञ्चनपुर:- मिति २०८१।११।२२ गते १५:०० बजेको समयमा लागू औषधको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधरमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरीया राधाकृष्ण टोलबाट सोही ठाउँ बस्ने लक्ष्मण अर्याल, ऐ.१८ बस्ने बर्ष २५ को कमल चन्द र बर्ष २१ को रोसन शाहीलाई ०.९६ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

     यसैगरी,  मिति २०८१।११।२२ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट ऐ. शुक्लाफाँटा न.पा.१ बस्ने बर्ष २१ की यशोदा राना र ऐ.३ बस्ने बर्ष २७ को प्रबेश धामीलाई १.६४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।