प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-११-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।११।२४ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ स्याउले बजार स्थित से २ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से २ प ३५९० नम्बरको मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.६ बस्ने बर्ष ४० को रुपलाल चौधरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको,  सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल चालक ऐ. धनगढी उ.म.न.पा.७ पटेला बस्ने बर्ष ३४ को पञ्चराम चौधरी र सोही मोटरसाइकल पछाडी सवार निजकी श्रीमती बर्ष ३० की हसिना चौधरीको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको, सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकल समेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक ऐ.६ जाली बस्ने बर्ष ४० को चेतराज भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको   ।   

      यसैगरी, मिति २०८१।११।२४ गते २१:४५ बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा.५ निङलाडी स्थित भिमदत्त राजमार्गमा डोटी दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना हुँदा चालक जिल्ला डोटी, सायल गा.पा.४ भाङयारे बस्ने बर्ष २२ को शंकर बोगटी गम्भिर घाईते भई  उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा ऐ.२३:५५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथै जिपमा सवार जिल्ला डोटी, दिपायल सिलगढी न.पा.१ बस्ने बर्ष २१ को हिमाल खडका, सोही ठाउँ बस्ने बर्ष २१ को सुरेश खडका  र सायल गा.पा.६ बस्ने बर्ष १६ की कविता साउद घाइते भई  सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।३२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य । २. सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई ।३. लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट (साउँद) ।

अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

    कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।नियन्त्रणमा लिएका मानिसहरु:-१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।३.कटुवा पेस्तोल थान-१ ।४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।५.मयुरको प्वाख २ गुच्चा ।६. जरायोको सिंह थान-३ ।      सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  

फरार प्रतिबादी पक्राउ
२०८२-०३-३१

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धि मुद्धामा चार महिना कैद र रु.३,३३३।३३ जरिवाना तोकिएको जिल्ला कैलाली गोदावरी न.पा.-७ बस्ने बर्ष १९ को निसान्त राना सहित एकजना किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते १०:१५ बजेको समयमा धनगढी उप-महानगरपालिका ७ मनेहराबाट पक्राउ गरेको ।    यसैगरी,फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्धामा रु.१८,४४०। जरिवाना तोकिएको जिल्ला कैलाली जानकी गाँउपालिका वडा नम्बर ८ पहाडीपुर बस्ने बर्ष ३० को जितु चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते निजको घर ठेगानाबट पक्राउ गरेको ।