प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-११-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।११।२४ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ स्याउले बजार स्थित से २ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से २ प ३५९० नम्बरको मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.६ बस्ने बर्ष ४० को रुपलाल चौधरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको,  सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल चालक ऐ. धनगढी उ.म.न.पा.७ पटेला बस्ने बर्ष ३४ को पञ्चराम चौधरी र सोही मोटरसाइकल पछाडी सवार निजकी श्रीमती बर्ष ३० की हसिना चौधरीको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको, सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकल समेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक ऐ.६ जाली बस्ने बर्ष ४० को चेतराज भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको   ।   

      यसैगरी, मिति २०८१।११।२४ गते २१:४५ बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा.५ निङलाडी स्थित भिमदत्त राजमार्गमा डोटी दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना हुँदा चालक जिल्ला डोटी, सायल गा.पा.४ भाङयारे बस्ने बर्ष २२ को शंकर बोगटी गम्भिर घाईते भई  उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा ऐ.२३:५५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथै जिपमा सवार जिल्ला डोटी, दिपायल सिलगढी न.पा.१ बस्ने बर्ष २१ को हिमाल खडका, सोही ठाउँ बस्ने बर्ष २१ को सुरेश खडका  र सायल गा.पा.६ बस्ने बर्ष १६ की कविता साउद घाइते भई  सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।