प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध चरेश सहित तीन जना किशोर नियन्त्रणमा

२०८१-११-२६

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।११।२५ गते १६:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ शान्तीपुर स्थित से ७ प ८५५१ नम्बरको स्कुटीलाई शंका लागि चेकजाँच गर्दा स्कुटीको डिग्गी भित्र कालो प्लाष्टिकले बाधेर लुकाई छिपाई राखेको अवस्थामा ४१.८१ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित स्कुटीमा सवार सोही ठाउँ बस्ने १५ बर्षिय किशोर र ऐ. ६ भुराकोट बस्ने १६ बर्षिय २ जना किशोर समेत गरि तिनै जनालाई उक्त पदार्थ र स्कुटी सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।