प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-११-२६

  • A
  • A-
  • A+
Share

       बाजुरा:- मिति २०८१।११।२५ गते २३:०० बजेको समयमा जिल्ला बाजुरा, खप्तड छेडेदह गा.पा.५ चिराल्ना स्थित कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडक सडकबाट अन्दाजी ट्याक्टरको ईन्जिनको भाग २५० मिटर र ट्राली ५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक जिल्ला बाजुरा, बुढिगंगा न.पा.४ खोलालवाडा बस्ने बर्ष ३२ को पदम रावतको ट्याक्टरको ट्राली मुनी च्यापिई घटनास्थलमै मृत्यू भएको, ट्याक्टरमा सवार अन्य  तिन जना मध्ये चालकको छोरा बर्ष १२ को शमशेर रावत घाईते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको, अन्य दुई जना सकुशल रहेका । 

      

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।