प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-२९

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।११।२८ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर ब्यारेल नजिकबाट ऐ.१३ कैलालीगाउँ र जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ बस्ने १७ बर्षिय दुई जना किशोरलाई २ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      कञ्चनपुर:-  मिति २०८१।११।२८ गते २१:३० बजेको समयमा लागूऔषध कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने बर्ष २० को दिवस चन्दलाई खानतलासी गर्दा ०.१४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि प्रारम्भिक सोधपुछको क्रममा ऐ.१८ बस्ने नरेश बमबाट खरिद गरी ल्याएको भन्ने सुचना दिएको हुँदा निजको सुचनाको आधारमा नरेश बमको घरमा खानतलासी गर्दा घरको दोस्रो तलाको भान्सा कोठामा रहेकी निजको श्रीमती हिरा वमको साथबाट १.३९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी जम्मा १.५३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित दिवस चन्द, नरेश बम र हिरा वम सहित तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

       यसैगरी,  मिति २०८१।११।२८ गते २३:५० बजेको समयमा जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.३ बल्मीबाट सोही ठाउँ बस्ने बर्ष २२ को मिलन राना र ऐ. २ कञ्ज बस्ने बर्ष २७ को पुरन रानालाई ०.८६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।