प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-११-२९

  • A
  • A-
  • A+
Share

      दार्चुला:-  मिति २०८१।११।२८ गते २०:०० बजेको समयमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.४ काँडापारी बस्ने धर्मानन्द भट्टको दुई तले चार कोठे पथ्थरले छाएको कच्चि घरको भान्छा कोठामा बालेको अगोबाट आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. ८,००,०००।– (आठ लाख) बराबरको धनमाल जलेर नष्ट भएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।