प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८१।१२।०१ गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० तुम्डानी बस्ने कृष्ण भट्टको काठ र खरले छाएको एक तले कच्ची घर भित्र खाना बनाउने क्रममा ग्यास सिलिण्डर लिक हुन गई आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,००,०००।– (एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।