प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।०२ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.३ मालाखेती चोक स्थित पुर्ब पश्चिम राजमार्गमा अत्तरिया देखी महेन्द्रनगर तर्फ जादै गरेको बा १७ च ९६४५ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर दक्षिण तर्फ रहेको पक्की घरको भित्तामा ठोकिन जाँदा चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ बस्ने बर्ष ३६ को सुदिप राना घाईते भई उपचारको लागि पद्मा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ. २१:२० मृत्यु भएको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।