प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध चरेश सहित मानिस नियन्त्रणमा

२०८१-१२-०४

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।१२।०३ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ धनगढी एयरपोर्ट स्थित वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाण्डौ जाने यात्रु जिल्ला कञ्चनपुर, वेदकोट न.पा.८ बस्ने बर्ष २१ को भवन नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बिमानस्थल सुरक्षा गार्ड गेटा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।