प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।०५ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल नजिकबाट ऐ.४ उत्तरवेहडी बस्ने बर्ष २२ को करन रतौकीलाई ३२ पिस लागूऔषध ट्याब्लेट ट्यापेन्डाडोल सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     दार्चुला:- मिति २०८१।१२।०५ गते १९:१५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला दार्चुला, महाकाली न.पा.१ छापरी स्थित सोही ठाउँ बस्ने बर्ष ४६ की जानकी कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ सहित निजलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।