प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।०६ गते १५:१५ बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.८ खैरीपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २९ को कृष्ण चौधरी र बर्ष २८ को डिमेन्स चौधरीलाई १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      यसैगरी,  मिति २०८१।१२।०६ गते १७:१५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ बिजुलियाबाट जिल्ला बझाङ, केदारस्यु गा.पा.घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.९ बिजुलिया बस्ने बर्ष ४५ की गौरी गुरुधामीलाई २५० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

      यसैगरी, मिति २०८१।१२।०६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ देबरियाबाट भारत लखिमपुर पलिया सुवास नगर बस्ने बर्ष २६ को जसप्रित सिंह र बर्ष ४० को अंगद सिंहलाई ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

       कञ्चनपुर:-  मिति २०८१।१२।०६ गते १८:३० बजेको समयमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बिशालनगर सुकुमबासी बस्ती स्थित सोही ठाउँ बस्ने बादल लुहारको घर कोठा खानतालासि गर्दा ०.३४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि ऐ. बस्ने बर्ष २६ को साहिल धामी समेत निज सगै फेला परेको हुँदा उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र ऐ. बस्ने बर्ष २२ को बिक्रम कामी भागि फरार रहेकोले खोजतलास भईरहेको , थप अनुसन्धान भईरहेको  । 

          

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।