प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।०६ गते १५:१५ बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.८ खैरीपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २९ को कृष्ण चौधरी र बर्ष २८ को डिमेन्स चौधरीलाई १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      यसैगरी,  मिति २०८१।१२।०६ गते १७:१५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.९ बिजुलियाबाट जिल्ला बझाङ, केदारस्यु गा.पा.घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.९ बिजुलिया बस्ने बर्ष ४५ की गौरी गुरुधामीलाई २५० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

      यसैगरी, मिति २०८१।१२।०६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ देबरियाबाट भारत लखिमपुर पलिया सुवास नगर बस्ने बर्ष २६ को जसप्रित सिंह र बर्ष ४० को अंगद सिंहलाई ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

       कञ्चनपुर:-  मिति २०८१।१२।०६ गते १८:३० बजेको समयमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बिशालनगर सुकुमबासी बस्ती स्थित सोही ठाउँ बस्ने बादल लुहारको घर कोठा खानतालासि गर्दा ०.३४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि ऐ. बस्ने बर्ष २६ को साहिल धामी समेत निज सगै फेला परेको हुँदा उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र ऐ. बस्ने बर्ष २२ को बिक्रम कामी भागि फरार रहेकोले खोजतलास भईरहेको , थप अनुसन्धान भईरहेको  । 

          

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।