प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-१२-१०

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।१२।०९ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ बरेली टोल स्थित भित्री सडक खण्डमा म १ त १०२० नम्बरको ट्याक्टरमा एउटै दिशा तर्फ जादै गरेको  सु.प.प्र.०२-००३ प ६७३२ नम्बरको स्कुटी आफै ट्याक्टरको पछाडी ठोक्किन जाँदा स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने बर्ष  ४० को प्रेम गिरी घाइते भई मायामेट्रो अस्पताल घनगढी हुँदै भारतको भोजीपुरा रिफर गरीएकोमा ऐ.१९:३३ बजेको समयमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, स्कुटी चालक ऐ. भुजेला बस्ने बर्ष ४२ को सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान  भईरहेको ।   

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।