प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटनामा मृत्यु, घाईते

२०८१-१२-१७

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।१६ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.५ मनिकापुर स्थित बेहडाबाबाबाट भारत तर्फ जादै गरेको नम्बर नभएको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा भारत जिल्ला लखिमपुर, खिरी सिंहा कालापोष्ट बस्ने बर्ष ११ को आयुष बर्मा गम्भिर घाईते भई उपचारको लागि समयमा सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, साथै उक्त ट्याक्टरमा चालक सहित सवार ४३ जना यात्रु मध्ये १ जनाको मृत्यु भएको, २४ जना घाईतेहरुको बिभिन्न असपतालमा उपचार भईरहेको, ३ जना डिस्चार्ज भईसकेको, १४ जना सकुसल रहेको, ट्याक्टर इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीको नियन्त्रणमा रहेको र ट्याक्टर चालक भारत जिल्ला लखिमपुर, खिरी सिंहा कालापोष्ट बस्ने बर्ष २५ को चौलान्द्र बर्मा फरार रहेको, खोजतलास भईरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।