प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।१७ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट जिल्ला बर्दिया, राजापुर न.पा.१ हिमालिपुर बस्ने बर्ष २३ को पारस थारुलाई १ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी, मिति २०८१।१२।१७ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१५ कनरी स्थित सु.प.प्र ०१-०१० प ९००९  नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.७ बस्ने बर्ष २७ को सुरेश राना र मोटरसाइकल पछाडी सावार ऐ.१५ उर्मी बस्ने बर्ष २६ को बलबुध रानाको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई प्रहरी चौकी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

      यसैगरी, मिति २०८१।१२।१७ गते २०:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ लम्की बजारबाट सोही ठाउँ बस्ने वर्ष ३७ को पुर्ण दिप शर्मा उपाध्याय र बर्ष ३२ को नारायण कार्कीलाई ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, ट्रामाडोल १० ट्बलेट र नाइट्राभेट १ ट्बलेट  सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

      यसैगरी,  मिति २०८१।१२।१७ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ भगत चोकबाट सोही ठाउँ बस्ने बर्ष २५ को चंचल कुमार राना र ऐ.१ बस्ने बर्ष १९ की काजँल पार्कीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।