प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१२-२०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।१९ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने महेन्द्र शाहीले संचालन गरेको भैरव गोसारी किराना पसलमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा पसल भित्र रहेका काउण्टर, किराना लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.५०,०००।– (पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।

    डडेल्धुरा:- मिति २०८१।१२।१९ गते १७:५५ बजेको समयमा जिल्ला डडेल्धुरा, आलिताल गा.पा.८ बस्ने रती कामीको काठ र माटोले बनेको खरले छाएको १ कोठे भान्सा घरमा चुलोमा बालेको आगोबाट आगलागी हुँदा भान्सा कोठा भित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.५०,०००।– (पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।