प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-२५

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।१२।२४गते २१:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ कालिका टोलबाट जि.प्र.का. कैलाली र प्र.चौ.त्रिनगर कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाँउ बस्ने बर्ष २३ को करन महरालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।