प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।१२।२५ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ शिवपुरीटोलबाट अस्थायी प्रहरी पोष्ट शिवपुरीधाम, कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाँउ बस्ने बर्ष २९ की रेश्मी कार्की र बर्ष २४ की किरण मगर र जि. डोटी, दि.सि.न.पा.६ बस्ने बर्ष १९ को सुजन खड्कालाई शंका लागि चेकजाँच गर्दा रेश्मी कार्कीको साथबाट ५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेकोमा उक्त पदार्थ सहित निज तीनै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

   यसैगरी मिति २०८१।१२।२५ गते १७:२५ बजेको समयमा गोप्य सुचनाको आधारमा इ.प्र.का.भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा. ८ जनकपुरबाट सोही ठाउ बस्ने बर्ष २२ को अमित चौधरीलाई चेकजाँज गर्दा निजको साथबाट ६० मिलिग्राम, निजको घरको खानतलासी गर्दा घर-कोठाबाट ३० मिलिग्राम र निज संगै रहेको १८ बर्षिया किसोरको साथबाट २८० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेकोमा निजहरु दुबै जना सहित बरामद उक्त पदार्थ नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

    यसैगरी मिति २०८१।१२।२५ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका-३ चटकपुर स्थित NS होटलमा लागु औषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त होटलको १०८ नं. कोठामा बसेका ४ जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३ ग्राम ७६० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी पक्राउ गरेको । पक्राउ पर्नेमा एक जना १८ बर्षिया किसोर सहित जिल्ला कञ्चनपुर बेदकोट न.पा.८ बस्ने बर्ष २० को सुरेश बिष्ट, जि.कञ्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष २३ को लोकेन्द्र चन्द र जिल्ला डोटी दिपायल सिलगढी न.पा.८ बस्ने बर्ष १९ को रिजन कठायत रहेका । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।