प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.२,०००।–(दुई हजार रुपैया) जरिवाना तोकिएको फरार प्रतिबादी जिल्ला कञ्चनपुर पुनर्वास न.पा.३ बस्ने बर्ष ४४ को शुकलामा तामाङ्ग र सोही मुद्धामा रु. १,०००।–(एक हजार रुपैया) जरिवाना तोकिएको सोही ठाउ बस्ने बर्ष ५० की विन्दु श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।२५ गते १४:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ जिल्ला प्रशासन कार्यालय नजिकबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । 

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले ज्यान सम्बन्धी मुद्दामा रु.२,०००।–(दुई हजार रुपैया) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा न. ११ भुजेला बस्ने बर्ष अ.४० को लाल सिंह बिष्टलाई मिति २०८१।१२।२५ गते १४:०० बजेको समयमा निजको घर ठेगाना बाटै इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।