प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-२७

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।२६ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १९ ललिपुरघाटबाट इ.प्र.का.बहुलिया कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाँउ बस्ने बर्ष २८ को रोहित बोगटी र बर्ष २२ को लोकेन्द्र खड्कालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी spsmo-१० पिस, spasmotad- ४५ पिस, प्रिगा- ७ पिस, कफट्याव- ३ पिस र nitcro –७ पिस फेला पारी बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

     यसैगरी मिति २०८१।१२।२६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ बङग्राकटानबाट ६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ९ बस्ने बर्ष २२ को भिम सुनार, बर्ष २६ को दिनेश बोहरा र बर्ष २५ को विशाल बोहरालाई स.प्र.बल BOP बङग्राकटान धनगढी कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीलाई बुझाएको, थप अनुसन्धान भई रहेको ।

     यसैगरी सैगरी मिति २०८१।१२।२६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी नगरपालिका - १ सुखड स्थित गौरव आचार्यको घरमा लागु औषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा इ.प्र.का.सुख्खड, कैलालीबाट खटिएको प्रहरी टोलीले  जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.१ बस्ने बर्ष २५ को गौरभ आचार्य, अं.बर्ष ३४ को सुरेन्द्र श्रेष्ट अं.बर्ष २२ को भिम बोहराको साथबाट ३ ग्राम ५८० मिलि ग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको , थप अनुसन्धान भई रहेको ।

     यसैगरी मिति २०८१।१२।२६ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर नगरपालिका ९ खक्रौला चेक पोस्ट नजिकबाट इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टिकापुर न.पा. १ एकतानगर शिविर बस्ने १८ बर्षिया किसोर सहित बर्ष २३ की बन्दना बि.क.लाई शंका लागी चेकजाँ गर्दा वन्दना बि.क.को साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबैलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भई रहेको ।

     यसैगरी मिति २०८१।१२।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उप महानगरपालिका ३ भन्सार नजिकबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने  बर्ष २२ को विवेक राना र धनगढी उपमहानगरपालिका ७ बस्ने १८ बर्षिय किसोरलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ६०० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबैलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भई रहेको ।

     कञ्चनपुर:- मिति २०८१।१२।२६ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.वडा न.११ गड्डाचौकी स्थित भारतको सिमानाकाबाट नेपाल तर्फ आउदै गरेको जिल्ला बैतडी पुर्चौडी न.पा.वडा न.०७ कोटीला बस्ने वर्ष अ.२८ को उत्तम बिष्टलाई लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर, ने.प्र.प्र.का.मेहन्द्रनगर कञ्चनपुर र इ.प्र.का. गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्दा निजको साथबाट १.८८ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भई रहेको ।


सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ४६ को अनिल चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०४।३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष ५५ को सुखराम रानालाई इलाका प्रहरी कार्यालय शंकरपुर,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते पक्राउ गरेको ।  

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा मृत्यु, घाईते
२०८३-०१-२४

      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४५ को मिन बहादुर जागरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार वेलुकी मृत्यु भएको हो, सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४२ को कम्मान सिह ठगुन्ना घाइते भई मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ  । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।