प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-१२-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.१,०००।–(एक हजार रुपैया) जरिवाना तोकिएको फरार प्रतिबादी जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ४० कि सरस्वती कुमारी खड्का र सोही मुद्धामा रु. ३,०००।–(तिन हजार रुपैया) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ बस्ने बर्ष ४७ को सुके चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।२६ गते १२:०० बजेको समयमा निजहरुकै घर ठेगानाबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।