प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-०१

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।१२।३१ गते १५:२० बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वडा नं.-१ गौरीशंकर सामुदायिक वन स्थित नेपाल भारत सिमानामा रहेको ८०२ नं. पिल्लर नजिकबाट ४९२ ग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बाँके नेपालगञ्ज उप-महानगरपालीका वडा नं. २० बस्ने बर्ष ३९ को बिर्ख रोकायालाई इलाका प्रहरी कार्यालय दोधारा चादनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । थप अनुसन्धान भई रहेको ।

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।