प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-०२

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०१।०१ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.३ बुटाबारीबाट भारत बाट नेपाल तर्फ आउदै गरेको भारत उत्तर प्रदेश पिलिभित जिल्ला नवदिया दुर्जनपुर बस्ने बर्ष ३९ को कुलदिप सिंहले चलाएको UP26AW3186 नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार सोही ठाउ बस्ने बर्ष ६० को बेचनलाल पाशमानको साथबाट १६.३४ ग्राम लागु औषध अफिम जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबैजानालाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।