प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८२।०१।०३ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका - १ चित्रनगर, धनगढी उप-महानगरपालिका -९ त्रीवेणीघाट र  धनगढी उप-महानगरपालिका - १८ F गाँउबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५२,७८०।बराबरको प्याज, सुर्ती, अमृत खट्टा, छिद्रा माछा, लेडिज सुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

कैञ्चनपुर:- मिति २०८२।०१।०३ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरु बेलौरी नगरपालीका - २ खैरेनि, बेलौरी नगरपालीका - ४ रिछा र बेलौरी नगरपालीका ७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,४६४।बराबरको घाँसको बिउ, घाँस मार्ने बिषादी, मल, तरकारी, गम्छा, कट्टु, अण्डा, चकलेट, चिनि लगायतका सामानहरु नम्बर नखुलेको मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।