फरार प्रतिबादी पक्राउ
२०७९-१२-०३
- A
- A-
- A+
कैलाली:- मिति २०७९।१२।०२ गतेको दिउसोतिर ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली गोदावरी नपा-२ अत्तरिया स्थित बिना इजाजत वन पैदावार हटाएको मुद्दामा सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट जनही रू. ८३,९७०।– (त्रियासी हजार नौ सय सत्तरी) जरिवाना सजाय फैसला भई फरार रहेका जिल्ला कैलाली गोदावरी न.पा.२ बस्ने बर्ष २० को रूपेश थापा, ऐ.ऐ. बस्ने बर्ष २० को ललित ओली, ऐ.ऐ. बस्ने बर्ष २८ को अर्जुन बोहरा, ऐ.ऐ. बस्ने बर्ष २४ को भानु ओली समेत ४ जनालाई लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा पेश गरेको हो ।