प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-०९

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४०० मिलिग्राम सहित टिकापुर न.पा.१ एकतानगर बस्ने बर्ष १९ को नरेश परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ वाणी दुई नम्बर चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को सुर्य नाथ, बर्ष २८ को रोहन बोहरा र वर्ष २८ को हिक्मत भण्डारी रहेका छन् । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.१० बसपार्क स्थित सोही ठाउँ बस्ने वर्ष २५ की साधना बोहराले सञ्चालन गरेको किराना पसलबाट ३१४ ग्राम ८४० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।