जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०२-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोड स्थित डेरा गरि वस्ने वर्ष ७४ को आश बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा निज आश बहादुर गुरुङ सहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.११,७८०।– र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।