अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१० दमौराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित २ जनालाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष १९ को योगेन्द्र भुल र बर्ष २६ को अमित कुमार तामाङ रहेका छन । लागूऔषध सेवन गरी हिडिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।