प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८३-०२-०९

  • A
  • A-
  • A+
Share

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जानकी गा.पा.७ गौलौरी बस्ने बर्ष २२ को रबि कुमाल थारुलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

  बैतडी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत पाटनको मिति २०७९।११।२६ गतेको फैसलाले बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र रु.९,५०,०००।–(नौ लाख पचास हजार) जरिवाना तोकिएको पुर्चौडी न.पा.५ कुवाकोट वस्ने बर्ष ३७ को सुमित कुमार कुँवरलाई इलाका प्रहरी कार्यालय पाटन, बैतडी समेतबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।