प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०१।०८ गते ०३:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका - २ भन्सार नजिकबाट बा ६४ प ९३४२ नम्बरको मोटर साईकलमा सवार जिल्ला कैलाली धनगढी उप-महानगरपालिका - १३ बस्ने दुई जना किसोरलाई ७ ग्राम ७२० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।