प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०१।०८ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- ३ पुरानो हण्डा सोरुम नजिक, धनगढी उप-महानगरपालिका – ७ मनेहरा, धनगढी उप-महानगरपालिका १४ D गाउ, गोदावरी नगरपालिका वडा नं. ४ वनदेवी मन्दिर नजिक, जोशीपुर नगरपालिका -१ पिपरकोटी,  र टिकापुर नगरपालिका वडा नं. ९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,३२,८१०।– बराबरको चिनि, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारको सामान, खेलौना, थानको कपडा, नल्का बनाउने सामान, नट बोल्टहरु, प्लाष्टिक झोला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

       कञ्चनपुर:- मिति २०८२।०१।०८ गते जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ भुजेला र वडा नं. १७ बासखेडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.२,४२,७००।– बराबरका जुत्ता, कपडा, हार्डवेयरका र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।