प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८२।०१।०९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- २हिमाल एकेडेमी स्कुल नजिक, धनगढी उप-महानगरपालिका ३ मिलनचोक, धनगढी उप-महानगरपालिका- ७ मनेहरा, कैलारी गा.पा.- ६ सुरमी, जोशीपुर गा.पा. ३ मनिकापुर र भजनी न.पा.९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५७,३३०।बराबरको चिनि, प्याज, सुर्तिजन्य पदार्थ, कुर्ति सेटहरु, चिसो पेय पदार्थ, प्लाष्टीकको डोरी, छिद्रा माछा, साईकल, साईकलको पुर्जाहरु, कुखुराको चल्लाहरु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

कञ्चनपुर:- मिति २०८२।०१।०९ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरू भिमदत्त नगरपालिका वडा नं. ४ बसपार्क,  बेलौरी न.पा. ६ भुराकोट र हात्तीबोझाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.३,६७,०२५।बराबरका चिनि, बिडी, प्याज, खाद, बिष्कुट, कुरकुरे, ड्यु, फ्रुटी, भडाकुडा, कपडा, र किराना लगायतका सामानहरु से ७ प ४९४५ न.को मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।३२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य । २. सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई ।३. लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट (साउँद) ।

अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

    कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।नियन्त्रणमा लिएका मानिसहरु:-१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।३.कटुवा पेस्तोल थान-१ ।४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।५.मयुरको प्वाख २ गुच्चा ।६. जरायोको सिंह थान-३ ।      सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।