प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८२।०१।०९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- २हिमाल एकेडेमी स्कुल नजिक, धनगढी उप-महानगरपालिका ३ मिलनचोक, धनगढी उप-महानगरपालिका- ७ मनेहरा, कैलारी गा.पा.- ६ सुरमी, जोशीपुर गा.पा. ३ मनिकापुर र भजनी न.पा.९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५७,३३०।बराबरको चिनि, प्याज, सुर्तिजन्य पदार्थ, कुर्ति सेटहरु, चिसो पेय पदार्थ, प्लाष्टीकको डोरी, छिद्रा माछा, साईकल, साईकलको पुर्जाहरु, कुखुराको चल्लाहरु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

कञ्चनपुर:- मिति २०८२।०१।०९ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरू भिमदत्त नगरपालिका वडा नं. ४ बसपार्क,  बेलौरी न.पा. ६ भुराकोट र हात्तीबोझाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.३,६७,०२५।बराबरका चिनि, बिडी, प्याज, खाद, बिष्कुट, कुरकुरे, ड्यु, फ्रुटी, भडाकुडा, कपडा, र किराना लगायतका सामानहरु से ७ प ४९४५ न.को मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।