प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अटोबाट खसेर १३ बर्षिय बालकको मृत्यु

२०८२-०१-१३

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०१।१२ गते १२:२० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा ७ स्टेशनपुर स्थित भित्रि सडक खण्डमा झलारीबाट स्टेशनपुर तर्फ जादै गरेको म १ ह १२३३ नम्बरको अटोमा सवार सोही ठाउँ बस्ने बर्ष १३ को निराजन ठगुन्ना अटोबाट खस्न गइ घाइते भइ उपचारको लागि धनगढी, कैलाली पठाएकोमा बाटोमा नै मृत्यु भएको, अटो र अटो चालक सोही ठाउँ बस्ने बर्ष ४० को जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।      


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।