प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८२-०१-१५

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०३।१३ गतेको फैसलाले वहु विवाह मुद्दामा ११ महिना ६ दिन कैद सजाय र रु.१०,०००।-  जरिवाना तोकिएका टिकापुर न.पा.२ बस्ने बर्ष ३१ को राम थारु र बर्ष २८ की मिना चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१४ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।           

     बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०६७।०३।२० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला बझाङ, सुर्मा गा.पा.४ बस्ने बर्ष ४९ को मन सिंह पुजारालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

          

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।