प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८२-०१-२२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०१।२१ गते १४:२० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.७ चर्रा गणेशमान चोक स्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्ब तर्फ गईरहेको UP-31-AU-7320 भारतीय नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आईरहेको BAB 4592 नम्बरको स्कारपियो जिपले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला कैलाली, भजनी न.पा.७ बस्ने बर्ष २० को कुल्दिप धोबी गम्भिर घाईते भई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा ऐ.१७:३५ बजे उपचारको क्रममा मृत्यु भएको,  स्कारपियो र स्कारपियो चालक जिल्ला बाँके, कोहलपुर न.पा.२ बस्ने बर्ष ४३ को शेर बहादुर बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको  ।     


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।