प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०१।२६ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ जोखरतालबाट ऐ.५ बस्ने बर्ष २३ को छितिज सिंह र गोदावरी न.पा.३ बस्ने बर्ष २६ को पंकज शाहीलाई १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १५ ट्याबलेट स्पास सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

     यसैगरी, मिति २०८२।०१।२६ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ फिस रिसोर्ट नजिकबाट ऐ.४ बस्ने बर्ष २२ को नागिन कान र बर्ष २३ को रिहान अहमदलाई ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       कञ्चनपुर:-  मिति २०८२।०१।२६ गते १५:३५ बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.११ कलुवापुरबाट सोही ठाउँ बस्ने बर्ष ३४ को गणेश बहादुर ऐर र बर्ष ३२ को बिक्रम बिष्टलाई ०.०९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।