प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८२-०१-२८

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८२।०१।२७ गते २०:४० बजेको समयमा जिल्ला कैलालीलम्कीचुहा न.पा.१ लम्क बहुमुखि क्याम्पस नजिक पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको से ७ प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकि राखेको से १ त ९६२३ नम्बरको ट्याक्टरको ट्रालि संग ठोकिन जादा मोटरसाइकल चालक ऐ.२ बस्ने बर्ष ६५ को लक्षिराम रिमाल गम्भिर घाईते भई उपचारको लागि लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।