प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो जिपको ठक्करबाट पैदल यात्रिको मृत्यु

२०८२-०१-३०

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०१।३० गते ०५:४० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. २ वंक चौक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँ बस्ने ५० को महेन्द्र बिष्टलाई ठक्कर दिदा घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा  ऐ. १९:३० बजे मृत्यु भएको, बोलेरो जिप र जिप चालक जिल्ला बझाङ्ग, छबिसपाथिभेरा गा.पा.२ मोतै बस्ने बर्ष २१ को रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।      


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।