प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०२।०५ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.-‍२ ट्राफिक चोक, धनगढी उ.म.न.पा.-१९ लल्लिपुरघाट र भजनी न.पा.३ छल्का पुलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९३,७३०।– बराबरको चिनि, मिश्री, मटर दाना, नरिवल, डाल्डा, प्याज, खुर्सानी, सिप्सि, पेठा मिठाई, पास्ता, सिद्रा माछा, बिडी, सुर्ती, गुट्खा, टप्स, कट्टु, कुर्ती सेट, सुट, साबुनलगायतका सामानहरु ४ ओटा साईकल सहित जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यरलयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

    कञ्चनपुर:- मिति २०८२।०२।०५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त न.पा.-११ गड्डाचौकी र बेलौरी न.पा.-८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१,२३,८००।- बराबरको हार्डवेयर, कपडा र किरानाको सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।