प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्धामा रु.१०००।–(एक हजार) जरिवाना तोकी फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १ बस्ने बर्ष ४२ को कविन्द्र पन्तलाई मिति २०८२।०२।०५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

        यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्धामा रु.१०००।–(एक हजार) जरिवाना तोकी फरार रहेकी प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ६ बस्ने बर्ष ३० की वविता कुँवरलाई वडा प्रहरी कर्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्धामा १० दिन कैद र रु.४,५००।–(चार हजार पाँच सय) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला कञ्चनपुर वेदकोट न.पा.-५ धरमपुर बस्ने बर्ष अ.५२ को भिम बहादुर चौधरीलाई मिति २०८२।०२।०५ गते प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

      बझाङ:-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहु-विवाह मुद्धामा रु.१०,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला बझाङ बित्थडचिर गा.पा.-४ बस्ने बर्ष ३८ को किसन महरलाई मिति २०८२।०२।०५ गते जिल्ला प्रहरी कर्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।