प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्धामा रु.१०००।–(एक हजार) जरिवाना तोकी फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १ बस्ने बर्ष ४२ को कविन्द्र पन्तलाई मिति २०८२।०२।०५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

        यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्धामा रु.१०००।–(एक हजार) जरिवाना तोकी फरार रहेकी प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ६ बस्ने बर्ष ३० की वविता कुँवरलाई वडा प्रहरी कर्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्धामा १० दिन कैद र रु.४,५००।–(चार हजार पाँच सय) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला कञ्चनपुर वेदकोट न.पा.-५ धरमपुर बस्ने बर्ष अ.५२ को भिम बहादुर चौधरीलाई मिति २०८२।०२।०५ गते प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

      बझाङ:-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहु-विवाह मुद्धामा रु.१०,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला बझाङ बित्थडचिर गा.पा.-४ बस्ने बर्ष ३८ को किसन महरलाई मिति २०८२।०२।०५ गते जिल्ला प्रहरी कर्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।