प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८२-०२-१६

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०२।१५ गते जिल्ला डडेल्धुरा, आलीताल गा.पा.४ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.२ स्थित कोठा गरि बस्ने बर्ष ३२ को मान बहादुर वलीको कोठामा खानतलासी गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४२,३७,५००।– बराबरको २८२५ थान मोवाइलको डिस्प्ले सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजलाई नियन्त्रण लिएको ।    

     कैलाली:- मिति २०८२।०२।१५ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,१००।– बराबरको सुटपिस, गम्छा, कुर्ति सेट, टप्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

     कञ्चनपुर:- मिति २०८२।०२।१५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू बेलौरी न.पा.१ बैशाखी, ऐ.२ बैजुडाडा र ऐ. ५ रामनगरबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१,७६,०५०।- बराबरको चिनी, पेय पदार्थ, युरिया मल, सुटपिस, कुर्ती, पास्ता, किरानाका सामान, बोईलर कुखुरा, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

      बैतडी:- मिति २०८२।०२।१५ गते ०५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला बैतडी, पुर्चौडी न.पा.१० बिजयपुरबाट ऐ.१ बसपार्क तर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ज १७१३ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१५,३०,०००।– बराबरको बिडी ११ पेटी र उक्त जिप सहित चालक जिल्ला बैतडी, सिगास गा.पा.२ बस्ने बर्ष २२ मान सिंह धामी र जिपको साहु जिल्ला बैतडी, पुर्चौडी न.पा.१० बस्ने बर्ष २८ को दिनेश महरालाई जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको, उक्त सामान, जिप र मानिसलाई आवश्यक कारबाहीको लागि महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाउने कार्य भईरहेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।