प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८२।०२।१५ गते १७:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.५ दुदुवाफाटाबाट ऐ.२ रजवारा बस्ने बर्ष २६ को नरेश परीयार समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

     कञ्चनपुर:-  मिति २०८२।०२।१५ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ भाईरल रोडबाट ऐ. १८ बस्ने बर्ष २३ को रमेश दमाई र वर्ष १९ को दिपक दमाईलाई शंका लागि चेकजाँच गर्दा रेक्सोजेसिक एम्पुल थान-३६, फेनारगन एम्पुल थान-३७ र डाइजापाम एम्पुल थान ४ प्रतिवन्धित लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।