प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८२-०२-१८

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०२।१७ गते जिल्ला कैलाली, गोदावरी न.पा.-२ अत्तरिया बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका काठमाण्डौ लैजादै गरेको अन्दाजी मूल्य रु.१७,००,०००।–– (सत्र लाख) बराबरको थान कपडा ९५-थान (९ बोरा) सहित जिल्ला बैतडी, पुर्चौडी न.पा.१ बस्ने बर्ष ३३ को नबिन कुवरलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजलाई नियन्त्रण लिएको ।     

       यसैगरी,  मिति २०८२।०२।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट, गोदावरी न.पा.-५ पोष्ट नजिक, भजनी न.पा ७ हिम्मतपुर र कैलारी गा.पा.८ लोहरपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९१,७४०।– बराबरको चिनी, मिश्री, डेरीक्रिम, पास्ता, प्लाष्टिक गुलाव फुल, पेय पदार्थ, बिडी, कुखुराको चल्ला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।               

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।