प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-१९

  • A
  • A-
  • A+
Share

         कैलाली:-  मिति २०८२।०२।१८ गते २२:२० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित प्याराडाईज होटलको १०५ नम्बर कोठामा शंकास्पद रुपमा बसिरहेका छन भन्ने विषेश सुचनाको आधारमा खानतलासी गर्दा   जिल्ला जुम्ला, गुठीचौर गा.पा.४ प्याकुरेलवाडा बस्ने वर्ष ३८ को मेघराज खत्री र जिल्ला जाजरकोट बारेकोट गा.पा.३ मुल्साम बस्ने वर्ष ३२ को भक्त बहादुर शाहीलाई १ के.जी. ७०६ ग्राम लागूऔषध (अफिम) जस्तो देखिने अर्ध तरल अवस्थामा रहेको कालो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

       कञ्चनपुर:-  मिति २०८२।०२।१८ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामा दैजी स्थित पैदल हिडिरहेको अवस्थामा ऐ. बेदकोट न.पा. ४ बस्ने वर्ष २३ को विनोद सार्कीलाई शंका लागी चेकजाँच गर्दा ५८० मिलिग्राम लागूऔषध (अफिम) जस्तो देखिने पदार्थ सहित प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।