प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-१९

  • A
  • A-
  • A+
Share

         कैलाली:-  मिति २०८२।०२।१८ गते २२:२० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित प्याराडाईज होटलको १०५ नम्बर कोठामा शंकास्पद रुपमा बसिरहेका छन भन्ने विषेश सुचनाको आधारमा खानतलासी गर्दा   जिल्ला जुम्ला, गुठीचौर गा.पा.४ प्याकुरेलवाडा बस्ने वर्ष ३८ को मेघराज खत्री र जिल्ला जाजरकोट बारेकोट गा.पा.३ मुल्साम बस्ने वर्ष ३२ को भक्त बहादुर शाहीलाई १ के.जी. ७०६ ग्राम लागूऔषध (अफिम) जस्तो देखिने अर्ध तरल अवस्थामा रहेको कालो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

       कञ्चनपुर:-  मिति २०८२।०२।१८ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामा दैजी स्थित पैदल हिडिरहेको अवस्थामा ऐ. बेदकोट न.पा. ४ बस्ने वर्ष २३ को विनोद सार्कीलाई शंका लागी चेकजाँच गर्दा ५८० मिलिग्राम लागूऔषध (अफिम) जस्तो देखिने पदार्थ सहित प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।