प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक र जंगली जनावरको छाला सहित मानिस पक्राउ

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

      अछाम:- मिति २०८२।०२।२२ गते १३:५० बजेको समयमा इलाका प्रहरी कार्यालय बगुडाठाँटी, अछामबाट खटिएको प्रहरी टोलीले जिल्ला अछाम, मेल्लेख गा.पा.२ डाँडाश्री पाटन बस्ने बर्ष ६८ को मने बहादुर धामीको घर गोठमा खानतलासी गर्दा गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १, ऐ.मा प्रयोग हुने केप थान-१ र सोही ठाउँ बस्ने बर्ष ४९ को लाल सिहं धामीको गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त हतियार, छाला सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  

  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।